PahiloPost

Jun 15, 2026 | १ असार २०८३

अमरेश कुमारविरुद्ध अख्तियारमा उजुरी



पहिलोपोस्ट

अमरेश कुमारविरुद्ध अख्तियारमा उजुरी

काठमाडौं : स्वतन्त्र सांसद अमरेशकुमार सिंहविरुद्ध अख्तियारमा दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। सर्लाहीका विकास ठाकुरले उनको सम्पत्ति छानबिन गर्न माग गर्दै अख्तियारमा सोमवार उजुरी दिएका हुन्। 

संसदको सदस्य हुनुपूर्व स्पेन्डर बाइकमात्र भएका अमरेशको ३० करोड मुल्यबराबरको बंगला, २० करोड बराबरको जग्गा रहेको, मिटर ब्याजमा लगानी रहेकोजस्ता आरोप लगाइएको छ।

अमरेशले देशका विभिन्न शहरमा करोडौं मुल्य पर्ने घरजग्गा परिवारको अर्को व्यक्तिको नाममा राखेकोसमेत आरोप लगाइएको छ। काठमाडौंको कालिमाटीमा रहेको तरकारी बजारमा रहेका कवाडीवालालाई अमरेशले मिटर ब्याजमा पैसा लगानी गरेको आरोप उजुरीमा उल्लेख छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell