PahiloPost

Jun 15, 2026 | १ असार २०८३

सरकारका प्राथमिकताबाट विश्वस्त हुन सकिएन : रवि लामिछाने



पहिलोपोस्ट

सरकारका प्राथमिकताबाट विश्वस्त हुन सकिएन : रवि लामिछाने

काठमाडौं : प्रतिनिधि सभा सदस्य रवि लामिछानेले पहिलाको भन्दा फरक नभएको सरकारको प्राथमिकता तथा सिद्धान्त सरकारले ल्याएको आरोप लगाएका छन्। संसदको सोमवारको बैठकमा लामिछानेले विगतको ३ दशकको भन्दा आर्थिक वृद्धिदर कम हुने उनको भनाइ छ। 'आशाका पुलिन्दा पस्किने कि व्यवहारिक कुरा गर्ने,' लामिछानेले प्रश्न गरे। 

राजनीतिक नेतृत्वले गरिरहेको भ्रष्टाचारको कारण आर्थिक संकट भएको उनको भनाइ छ। उनले बाह्य कारण देखाएर उम्कन नमिल्ने पनि बताए। 'नेपाली समाजको समस्याको समाधान यस प्राथमिकताबाट हुने देखिदैन,' उनले भने।

गर्छौं भनेर भनेका कुरा गरेरै छाड्न लामिछानेको सुझाव छ। इ गभर्नेन्सलाई राष्ट्रिय प्राथमिकतामा राख्न लामिछानेको आग्रह छ। विदेशी लगानी भएका कम्पनीले थप नलगानी गरेकाले सुदृढ गर्न सरकारलाई लामिछानेको सुझाव छ। तीन महिनाभित्र सरकारले सरकारले गरेको काम पेश गर्न पनि उनको भनाइ छ। 'फरक तरिकाले काम गर्न सकिएन भने फरक नतिजा आउँदैन,' उनले भने। प्राथमिकता र सिद्धान्तबाट विश्वस्त हुन नसकिने पनि उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell