PahiloPost

Sep 12, 2025 | २७ भदौ २०८२

जनताको आँखामा यो व्यवस्था नांगिसकेको छ : धवलशम्शेर राणा



पहिलोपोस्ट

जनताको आँखामा यो व्यवस्था नांगिसकेको छ : धवलशम्शेर राणा

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद डा. धवल शम्शेर राणाले अहिलेको राजनीतिक व्यवस्था नांगिसकेको आरोप लगाएका छन्। प्रतिनिधि सभाको सोमवारको प्रि बजेटको छलफलमा भाग लिँदै उनले सरकारको आलोचना गरेका हुन्। सांसद अमरेश सिंहले अर्धनग्न भएर गरेको विरोध अस्वभाविक भए पनि अहिलेको व्यवस्था पनि त्यस्तै भएको उनले बताए। 'एक जना माननीयले आफ्नो कमिजै फुकाले। यो गलत हो। जनताको आँखामा यो व्यवस्था नांगिसकेको छ,' उनले भने।

उनले सरकारले कर्मकाण्डी बजेट ल्याउन लागेको बताए। 'बजेटबाट कर्मकाण्डि क्रियाकलाप बाहेक केहि छैन। सबैभन्दा पहिला दुईवटा शक्तिशाली इकोनोमिक्स पावर हाउसको बिचमा हाम्रो देश छ,' उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell