काठमाडौं : प्रहरी उपरीक्षकबाट प्रहरी वरिष्ठ उपरीक्षक पदमा बढुवा भएका २१ जनामध्ये २० जना प्रहरी अधिकृतहरूले दर्ज्यानी चिह्न लगाएका छन्। प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा सोमवार आयोजित एक समारोहबिच दर्ज्यानी चिह्न लगाएका हुन्।
प्रशासनतर्फका प्रहरी वरिष्ठ उपरीक्षकहरू विश्व अधिकारी, भुपेन्द्र बहादुर खत्री, सानुराम भट्टराई, ओमप्रसाद अधिकारी, शेखर खनाल, अबि नारायण काफ्ले, सोमेन्द्र सिंह राठौर, मुकुन्द मरासीनी, दीप शम्शेर जवरा, वेलबहादुर पाण्डे, दिनेशराज मैनाली, गोपाल चन्द्र भट्टराई, प्रवीण पोखरेल, कृष्ण बहादुर पल्ली मगर, विश्वमणी पोखरेल, तारादेवी थापा र प्रज्वल महर्जन तथा प्राविधिकतर्फका प्रहरी वरिष्ठ उपरीक्षकहरू डा संज्ञा मल्ल, डा दिवा शर्मा र डा आषिश दत्तले दर्ज्यानी चिह्न लगाएका हुन्।
बढुवा भएका प्रहरी वरिष्ठ उपरीक्षक गंगा पन्त हाल संयुक्त राष्ट्र संघीय मिसनमा कार्यरत भएकाले सहभागी थिइनन्।