PahiloPost

Jan 14, 2025 | १ माघ २०८१

अर्थमन्त्री महतका कारण प्रतिनिधिसभाको बैठक १५ मिनेट स्थगित



पहिलोपोस्ट

अर्थमन्त्री महतका कारण प्रतिनिधिसभाको बैठक १५ मिनेट स्थगित

काठमाडौं : प्रतिनिधिसभाको सोमवारको बैठकमा प्रतिपक्षी दलका सांसदले अर्थमन्त्री डा प्रकाशशरण महत बैठकमा अनुपस्थित भएको भन्दै आपत्ति जनाएका छन्। प्रि बजेटमा छलफल चलिरहँदा मन्त्री नै अनुपस्थित भएको भन्दै एमालेका सांसद रघुजी पन्तले प्रश्न गरेका थिए।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वाप)का सांसदहरुले पनि उठेर आपत्ति जनाएपछि उपसभामुख इन्दिरा रानाले बैठकमा मन्त्रीलाई उपस्थित गराउन भन्दै संसद् सचिवालयका कर्मचारीसँग कानेखुसी गरेकी थिइन्। बैठकमा बोल्नका लागि रानाले एमालेका सांसद पन्तलाई समय दिए पनि मन्त्री उपस्थित नभई आफू नबोल्ने अडान उनले लिएका थिए।

केही समय पर्खिदा पनि मन्त्री आइनपुगेपछि सभामुख देवराज घिमिरेले बैठक १५ मिनेटका लागि स्थगित गरेका थिए।

‘प्राविधिक समस्याका कारणले अर्थमन्त्री अनुपस्थित भएका कारण बैठक १५ मिनेट स्थगित भएको छ,’ उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell