PahiloPost

Jun 15, 2026 | १ असार २०८३

अर्थतन्त्रको 'सर्जरी' गर्नुपर्ने स्वर्णिमको सुझाव, अर्थमन्त्रीलाई भने : घोषणापत्र लेखिदिएकै छु, कार्यान्वयन गर्नुस्



पहिलोपोस्ट

अर्थतन्त्रको 'सर्जरी' गर्नुपर्ने स्वर्णिमको सुझाव, अर्थमन्त्रीलाई भने : घोषणापत्र लेखिदिएकै छु, कार्यान्वयन गर्नुस्

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. स्वर्णिम वाग्लेले अर्थतन्त्रको 'सर्जरी' नै गर्नुपर्ने बताएका छन्। प्रतिनिधि सभाको सोमवारको 'प्रि बजेट'को छलफलमा वाग्लेले सामान्य सुधारले मात्रै अर्थतन्त्रमा सुधार नआउने तर्क गरेका हुन्। 'सर्जरी नै खोजिरहेको अर्थतन्त्रमा झारफुक गरेर उम्कन सकिदैन,' अर्थशास्त्रीसमेत रहेका वाग्लेले भने।

अहिले विकृती मौलाएको र सबैभन्दा धेरै स्थानीय तहमा भएको पनि उनको भनाइ छ। भ्रष्टाचार बढेको र झण्झटिलो सेवा प्रवाह भएको वाग्लेले बताए। 'विकृत राज्यव्यवस्थामा हामी सहभागी भइरहेका छौं। स्थानीय तहमा ५० प्रतिशत भन्दा बढी उजुरी भ्रष्टचारसँग सम्बन्धित छन्,' वाग्लेले भने।

अर्थमन्त्री डा प्रकाश शरण महतलाई वाग्लेले घोषणा पत्र कार्यान्वयन गर्न पनि अनुरोध गरे। आफूले नै उक्त घोषणापत्र लेखिदिएको भन्दै कार्यान्वयन गरेर देखाउन वाग्लेको आग्रह छ। 'आफ्नै घोषणापत्र पनि पढेर कुरा कार्यन्यवनमा उतार्नुहोला। हैरानी र झण्झण्टको दुश्चक्रबाट बाहिर निकाल्नुपर्ने छ,' उनले भने।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell