अभिनेता नवाजुद्दीन सिद्दीकी बलिउड फिल्म ‘जोगीरा सारारारा’मा देखिँदैछन्। नवाजुद्दीनसँगै नेहा शर्माको मुख्य भूमिका रहेको यो फिल्म १२ मे बाट रिलिज हुँदैछ।
फिल्मको प्रचारप्रचारमै व्यस्त रहेका उनले आफ्नो व्यक्तिगत जीवनबारे समेत खुलाएका छन्। दैनिक भाष्करसँगको अन्तर्वार्तामा उनले अर्को जन्ममा नवाजुद्दीन सिद्दीकी बन्न नचाहेको बताएका छन्।
अन्तर्वार्ताका क्रममा उनलाई आफ्नो जीवनमा बायोपिक बनाउन मन छ? भन्ने प्रश्न गरिएको थियो।
जवाफमा सिद्दकीले भने, ‘ममाथि कहिलेपनि कुनै फिल्म बन्ने छैन। किनकी मेरो जीवन निकै घृणित छ। धेरै नराम्रो छ। र, मलाई लाग्दैन कि कसैले मेरो जीवनको बारेमा जान्न चाहन्छ। जब कसैले सोध्छ तिमी अर्को जन्ममा के बन्न चाहन्छौँ, म भन्छु- नवाजुद्दीन सिद्दीकी चाहिँ बन्न चाहँदिनँ।’
अभिनयका कारण चर्चित सिद्दीकीको केही समयअघि श्रीमतीसँग सम्बन्ध विच्छेद भएको थियो।