PahiloPost

Jan 15, 2026 | २ माघ २०८२

कांग्रेस र माओवादीलाई बास्कोटाको बधाई : प्रचण्डपथ महत पथमा विलय भएको दाबी



पहिलोपोस्ट

कांग्रेस र माओवादीलाई बास्कोटाको बधाई : प्रचण्डपथ महत पथमा विलय भएको दाबी

काठमाडौं : नेकपा एमालेका सांसद गोकुल बास्कोटाले समाजवाद भन्ने शब्द प्रि बजेटमा नभएको भन्दै विरोध जनाएका छन्। 'कम्तीमा माओवादीले समाजवाद छोडेकोमा बधाईं,' उनले भने, 'बधाइ चै प्रधानमन्त्री पुष्पकमल दाहालजीलाई दिन चाहन्छु पोलिसी डिपर्चर गर्न सकेकोमा कांग्रेसलाई बधाई छ।' 

सोमवारको प्रतिनिधि सभाको प्रि बजेट छलफलमा बास्कोटाले सहकारीबारे नियमन शब्दमात्रै भएको बताए। 'आर्थिक क्षेत्रमा देखिएको अराजकताको नियन्त्रण के गर्नुहुन्छ?,' उनले भने।

माओवादीले कांग्रेसकै बाटोमा हिँडेर बजेट ल्याउन खोजेको उनले बताए। 'प्रचण्डपथ महत पथमा विलय भएको मैले महसुस गरेको छु, त्यसका लागि बधाई' उनले भने। अर्थतन्त्र चलायमान बनाउने भूमिकाबाट सरकार पन्छिन खोजेको उनको आरोप छ। बजेटमा सबै महत्वपूर्ण लेखिएको र विषेश केही नभएको उनले बताए। 'प्राथमिकताका क्षेत्र के हुन्? यो कार्यक्रम हो कि प्राथमिकता?,' बास्कोटाले प्रश्न गरे।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell