PahiloPost

Jun 15, 2026 | १ असार २०८३

बजेटको फर्मेट बदल्न रास्वपाकी सांसद श्रेष्ठको सुझाव



पहिलोपोस्ट

बजेटको फर्मेट बदल्न रास्वपाकी सांसद श्रेष्ठको सुझाव

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सुमना श्रेष्ठले दातृ निकायको पैसाको उपयोग हुनुपर्ने बताएकी छिन्। प्रतिनिधि सभाको सोमवारको प्रि बजेटमाथिको छलफलमा उनले बजेटको मुल्याङ्कन कति खर्च भयो भन्नेमा मात्रै सीमित नराख्नुपर्ने पनि उनले बनाइन्।

प्राथमिकता किन राख्ने भन्ने नै प्रष्ट हुनुपर्ने उनले बताइन्। 'नयाँ कार्यक्रम छन् भने किन छन्?  प्राथमिकता हटाउने भए किन हटाने?,' उनले भनिन्। सामाजिक सुरक्षाका ८० भन्दा बढी कार्यक्रम विभिन्न मन्त्रालयबाट भइरहेको भए पनि बजेटबाट हटाएको उनले बतइन्। अर्थ मन्त्रालयको फर्मेट नै बदल्नुपर्ने उनकव सुझाव रह्यो। 'कार्यक्रम अनुसारको पो बजेट बाँडिनुपर्ने हो। मन्त्रालयअनुसार बजेट बाँड्दा प्रभावकारी हुन्छ र?,' उनले भनिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell