PahiloPost

Oct 6, 2024 | २० असोज २०८१

निलम्बित सांसद ढाकाकुमार श्रेष्ठको पक्षमा सर्वोच्चको आदेश : तत्काल कारबाही नगर्नु



पहिलोपोस्ट

निलम्बित सांसद ढाकाकुमार श्रेष्ठको पक्षमा सर्वोच्चको आदेश : तत्काल कारबाही नगर्नु
फाइल फोटो

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित सांसद ढाकाकुमार श्रेष्ठको पक्षमा अल्पकालीन अन्तरिम आदेश जारी भएको छ।

सर्वोच्च अदालतका न्यायधीश तिलप्रसाद श्रेष्ठको इजलासले ढाका पक्षमा अल्पकालीन अन्तरिम आदेश जारी गर्दै पार्टीले गरेको कारबाही तत्काल लागू नगर्न आदेश दिएको हो।

चैत २९ (रास्वपा)को केन्द्रीय समितिको बैठक सांसद श्रेष्ठको साधारण सदस्य खारेज गरेको थियो। पार्टी कार्यालय धुमबाराहीमा बसेको केन्द्रीय समितिको बैठकले सांसद श्रेष्ठको विषयमा कारबाही गरेको सभापति रवि लामिछानेले जानकारी दिए थिए। पार्टीले संसद सचिवालयमा समेत जानकारी दिएपछि उनी निलम्बित भएका थिए।

समितिले साधरण सदस्यसमेत नरहने गरी कारबाही गर्न सिफारिस गरेको थियो। सांसद श्रेष्ठले मन्त्री बनाउन साढे २ करोड रुपैयाँ मागेको अडियो बाहिरिएको थियो। अडियो प्रकरण बाहिरिएपछि रास्वाले श्रेष्ठलाई कारबाही गर्दै उनको ठाउँमा विन्दबासिनी कंशाकारलाई समानुपातिक सांसद बनाउने निर्णय गरेको थियो।

सांसद श्रेष्ठले भने अडियोमा आफ्नो आवाज नभएको दाबी गर्दै आएका छन्। त्यसपछि श्रेष्ठ अदालत पुगेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell