PahiloPost

Jun 14, 2026 | ३१ जेठ २०८३

ढाकाकुमारको ठाउँमा विन्दावासिनी कंसाकार बनिन् सांसद



पहिलोपोस्ट

ढाकाकुमारको ठाउँमा विन्दावासिनी कंसाकार बनिन् सांसद

काठमाडौं : विन्दावासिनी कंसाकारलाई निर्वाचन आयोगले समानुपातिक सांसद बनाएको छ। विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग २ करोड डिल गरेको अडियो सार्वजनिकपछि रास्वपाले ढाकाकुमार श्रेष्ठलाई कारवाही गर्दा सांसद पद रिक्त भएको थियो।

उक्त पदमा रास्वपाको सिफारिसअनुसार कंसाकारलाई सांसद बनाइएको निर्वाचन आयोगका उप न्यायधिवक्ता गुरु वाग्लेले जानकारी दिए। उनलाई प्रमाणपत्र पनि आयोगले प्रदान गरेको छ भने संघीय संसद सचिवालयलाई पनि जानकारी गराइसकिएको वाग्लेले बताए।

'उहाँले प्रमाणपत्र पनि पाइसक्नु भएको छ,' उनले भने। आजै सर्वोच्च अदालतले निलम्बित सांसद श्रेष्ठको पक्षमा फैसला गर्दै तत्काल कारवाही नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell