PahiloPost

May 16, 2024 | ३ जेठ २०८१

कुवेत र लेबनानसहित ८ टोलीले साफ च्याम्पियनसीप खेल्ने



पहिलोपोस्ट

कुवेत र लेबनानसहित ८ टोलीले साफ च्याम्पियनसीप खेल्ने
फाइल फोटो

काठमाडौँ: आसन्न साफ च्याम्पियनसिपमा कुवेत र लेबनानसहित ८ टोलीले सहभागिता जनाउने भएका छन्। अर्को महिना भारतको बेङ्ग्लुरुमा हुने खेलमा दक्षिण एसियाली क्षेत्रका छ टोलीसहित ८ टोलीले सहभागिता जनाउने भएको दक्षिण एसियाली फुटबल फेडेरेसन (साफ)ले जनाएको छ।

साफ क्षेत्रका नेपाल, भारत, भुटान, पाकिस्तान र माल्दिभ्सले सहभागिता जनाउँदा कुवेत र लेबनानले आमन्त्रित टोलीका रुपमा सहभागिता जनाउनेछन्। प्रतियोगिता २१ जुन बाट ४ जुलाईसम्म भारतको बेङ्ग्लुरुमा हुनेछ। ३१ मार्चमा बसेको साफको कार्यकारी समितिले साफ च्याम्पियनसिपलाई थप प्रतिस्पर्धात्मक बनाउन बाहिरका दुई टोलीलाई आमन्त्रण गर्ने निर्णय गरेको थियो।

नेपाल अघिल्लो संस्करणको साफको उपविजेता तथा भारत विजेता हो। आसन्न साफ च्याम्पियनसिमा लेबनान सबैभन्दा माथिल्लो वरीयताको टोली हुनेछ। वरीयतामा नेपालभन्दा अगाडिका चार टोली छन्। जसमा ९९ औँ वरीयताको लेबनान, १०० औँ वरीयताको भारत, १४३ औँ वरीयताको कुवेत र १५४ औँ स्थानको माल्दिभ्स छन्। नेपाल १७४ औँ स्थानमा रहँदा भुटान १८५ औँ, बंगलादेश १९२ औँ र पाकिस्तान १९५ औँ स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell