PahiloPost

Jun 15, 2026 | १ असार २०८३

प्रचण्ड भ्रष्टहरुलाई जोगाउने र निर्दोषलाई फसाउनेतिर लाग्नुभएको छ : ओली



पहिलोपोस्ट

प्रचण्ड भ्रष्टहरुलाई जोगाउने र निर्दोषलाई फसाउनेतिर लाग्नुभएको छ : ओली

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भ्रष्टाचारीलाई बचाउन लागेको आरोप लगाएका छन्। राष्ट्रिय युवा संघको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले प्रचण्ड अनावश्यक मुद्दा लगाउने प्रयासमा रहेको पनि बताए। 'के भएको हो मैले प्रधानमन्त्रीलाई सोधेको थिएँ। भ्रष्टहरु नछुटुन् भन्नुको अर्थ छ। प्रधानमन्त्री भ्रष्टहरुलाई जोगाउने र अनावश्यक फसाउनेमा हुनुहुन्छ,' ओलीको आरोप छ। 

प्रचण्डको तिखो आलोचना गर्दै ओलीले प्रचण्डलाई आफूले दबाव नदिएको बताए। 'उहाँको इन्ट्रप्रेसन मैले दबाव दिएको जस्तो भयो,' उनले भने। दोषीलाई कारवाही नगर्न भनेको जसरी प्रचण्डले धाक लगाएको ओलीको भनाइ छ। 'उहाँ त चिनेजानैकै मान्छे हो नि नेपाली जनताले देखेको भोगेको छैन उहाँलाई,' उनले भने,' म कसैको दबाव मान्छु भनेर उहाँले के भनेको?'

प्रधानमन्त्रीले फिल्म नै देखाउन ओलीले चुनौति दिएका छन्। 'तपाईँको हलमा सिनेमा कहिले लाग्छ हामी हेर्न चाहन्छु। सधैं ट्रेलर मात्रै किन? सञ्चार माध्यममा फिल्म आइरहेको छ किन चुप हुनुहुन्छ। मलाई बोलाएर भेट्ने अनि फिल्म देखाइदिन्छु भन्ने?,' उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell