काठमाडौं : संवैधानिक परिषदको बैठक सिंहदरबारमा सुरु भएको छ। प्रधानन्यायधीशको सिफारिसमा सहमति जुटाउन बैठक सिंहदरबारमा सुरु भएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ।
यसअघि बसेका बैठकमा सहमति जुट्न सकेको थिएन। यसअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री प्रचण्डबिच बैठक बोलाउने सहमति भएको थियो।