
काठमाडौंः पद रिक्त भएको पाँच महिनापछि सर्वोच्च अदालतमा प्रधानन्यायाधीश सिफारिस भएको छ। सोमबार बसेको संवैधानिक परिषद् बैठकले कार्कीलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको हो। कार्की अहिले कायम मुकायम प्रधानन्यायाधीश छन्।
लामो विवादपछि राजनीतिक दलबीच प्रधानन्यायाधीश सिफारिसमा सहमति भएको हो। कार्यविधि कानुन पारित नहुँदै परिषदले प्रधानन्यायाधीश सिफारिस गरेको हो।
संसदीय सुनुवाइ पूरा भएपछि कार्कीको राष्ट्रपतिबाट नियुक्ति हुने छ। राजनीतिक विवादका कारण संसदीय सुनुवाइ समिति समेत गठन हुन सकेको छैन।
कार्कीले साउन १९ गतेसम्म सर्वोच्चको नेतृत्व गर्नेछन्।