PahiloPost

May 15, 2025 | २ जेठ २०८२

प्रधान न्यायालय स्थापना भएको दिनको सम्झनामा आज कानुन दिवस मनाइँदै



रासस

प्रधान न्यायालय स्थापना भएको दिनको सम्झनामा आज कानुन दिवस मनाइँदै

काठमाडौं : मंगलवार कानुन दिवस विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ। नेपालमा प्रधान न्यायालय स्थापना भएको दिनलाई कानुन दिवसका रूपमा मनाउने गरिन्छ।

नेपालमा प्रधान न्यायालय ऐन, २००८ बने पनि त्यसको लागू भने विसं २००९ बैशाख २६ गतेबाट लागू भएको थियो। सोही दिनको सम्झनामा प्रत्येक वर्ष बैशाख २६ गतेको दिनलाई कानुन दिवसका रूपमा मनाउने गरिएको छ।

सर्वोच्च अदालतले उक्त दिवस प्रत्येक वर्ष मनाउने गरेको छ। प्रधानन्यायाधीश आयोजक रहने समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, कानुनमन्त्रीलगायत, सरकारी उच्च अधिकारीहरूको उपस्थिति रहने गरेको छ।

न्यायपालिकाको स्वतन्त्रता, विधिको शासन तथा आधुनिक न्याय प्रणालीको स्थापनाका लागि उक्त ऐनले खडा गरेको जगलाई थप मजबुत बनाउन विभिन्न कार्यक्रम गरी यो दिवस मनाउने गरिन्छ। कानुन दिवसका अवसरमा सर्वोच्च अदालतले प्रत्येक वर्ष शुभकामना आदानप्रसाद तथा चियापान कार्यक्रमको आयोजना गर्ने गरेको छ। मंगलवार पनि दिउँसो २ बजे उक्त शुभकामना कार्यक्रम रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell