PahiloPost

Sep 12, 2025 | २७ भदौ २०८२

पञ्जाबलाई हराउँदै कोलकत्ता पाँचौँ स्थानमा



पहिलोपोस्ट

पञ्जाबलाई हराउँदै कोलकत्ता पाँचौँ स्थानमा
Photo: IPL

इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा कोलकत्ता नाइट राइडर्सले पञ्जाब किंग्सलाई हराएको छ। कोलकत्तास्थित इडेन गार्डेन स्टेडियममा सम्पन्न खेलमा कोलकत्ताले ५ विकेटको जित निकालेको हो।

टस जितेर ब्याटिङमा उत्रिएको पञ्जाबले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७९ रन बनाएको थियो। पञ्जाबका लागि शिखर धवनले सर्वाधिक ५७ रन बनाउँदा जितेश शर्माले २१ तथा ऋषि धवनले १९ रनको योगदान दिए। वलिङतर्फ कोलकत्ताका वरुण चक्रवर्तीले सर्वाधिक ३ विकेट लिँदा हर्षित रानाले २ तथा सुयस शर्मा र नितिश रानाले समान १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको कोलकत्ताले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर लक्ष्य पुरा गर्‍यो। कोलकत्ताका लागि कप्तान नितिश रानाले सर्वाधिक ५१ रन बनाउँदा आन्द्रे रसेलले ४२, जेसन रोयले ३८, रहमनुल्ला गुर्बाजले १५ तथा वेङ्कटेस ऐयरले ११ रन बनाए। त्यस्तै त्यस्तै रिंकु सिंह २१ रनमा अविजित रहे। बलिङतर्फ पञ्जाबका राहुल चहरले २ विकेट लिँदा हरप्रीत ब्रर र नाथन इल्लिसले समान १ विकेट लिए।

जितसँगै कोलकत्ता ११ खेलबाट १० अंक जोडेर कोलकत्ता तालिकाको पाँचौँ स्थानमा छ। समान खेलबाट समान अंक जोडेको पञ्जाब सातौँ स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell