A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__usermodelsUser.php.6aaecd159b8d26.70889005): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__usermodelsUser.php.6aaecd159b8d26.70889005,application/models/proxies/__CG__usermodelsUser.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__reportermodelsReporter.php.6aaecd18612290.97964711): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__reportermodelsReporter.php.6aaecd18612290.97964711,application/models/proxies/__CG__reportermodelsReporter.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

बुवाको हात समातेर पोखराबाट टेनिस खेल्न निस्किएका बास्तोला विश्व वरीयतामा, महँगो खेलमा कस्ता छन् चुनौती?
PahiloPost

Sep 19, 2026 | ३ असोज २०८३

बुवाको हात समातेर पोखराबाट टेनिस खेल्न निस्किएका बास्तोला विश्व वरीयतामा, महँगो खेलमा कस्ता छन् चुनौती?



मुकुन्द घिमिरे

बुवाको हात समातेर पोखराबाट टेनिस खेल्न निस्किएका बास्तोला विश्व वरीयतामा, महँगो खेलमा कस्ता छन् चुनौती?

काठमाडौं : हाल टेनिसको विश्व वरीयतामा अटाएका एकमात्र नेपाली खेलाडी हुन् अभिषेक बास्तोला। २६ वर्षीय बास्तोला अमेरिकाबाट हाल नेपाल आएका छन्। नेपाल आएर उनले ‘सिटिजन्स बैंक टेनिस’ प्रतियोगिता खेलेर विजेता पनि बनिसकेका छन्।

वर्ल्ड एटलसका अनुसार विश्वका चर्चित खेलमध्येको शीर्ष चारमा टेनिस पर्छ। तर नेपालमा टेनिसको कथा फरक छ।

नेपाली खेलकुदमा फुटबल, क्रिकेट र भलिबलको दबदबा रहँदा टेनिसको चर्चा कमै मात्र हुने खेलको सूचीमा अटाउँछ। त्यसैले त नेपाली टेनिसमा संघर्ष गरिरहेका र विश्व वरीयतामै पुगिसकेका नेपाली खेलाडीको नाम नेपालीहरु माझ पुगेको हुँदैन।

खेलका लागि ‘जुनुन्’ चाहिन्छ। अझ ‘प्रोफेसनल’ खेलाडी बन्नका लागि त यसको मात्रा अधिक हुनुपर्ने नै भयो। त्यही टेनिसप्रतिको भोक र शोखले अभिषेकलाई टेनिसको मञ्चमा सम्मानजनक स्थानमा उभ्याएको छ।

‘नेपालमा फुटबल र क्रिकेटमा अटेन्सन राम्रो छ। टेनिस पनि विश्वमा धेरै हेरिने खेलमा पर्छ। पाँच मिलियन मानिसले टेनिस हेर्छन्। तर यहाँ मान्छेलाई वास्ता नभए जस्तो लाग्छ,’ अभिषेकले भने।

अभिषेकलाई धेरैले ‘अभि’ भनेर पनि चिन्छन्। उनी पहिलोपटक टेनिस कोर्टमा पुगेको बुवाको हात समातेर नै हो। खेल्न थालेयता उनलाई त्यसपछि भने टेनिस छाड्नै मन लागेन।

‘बुवा अंकलहरु टेनिस खेल्नुहुन्थ्यो। म पनि विकेन्डमा पछ्याएर जान्थेँ। उहाँहरुले ब्रेक लिएको बेला राकेड समातेर खेल्न सुरु गरेँ,’ सुरुवाती दिन सम्झिए अभिले, ‘पोखरामा खेलेँ। नेपालको टेनिसको लेभल कम छ। म स्कुल पढ्दा पनि राम्रो खेलाडी थिएँ। जुनियर प्रतियोगिता जित्दै गएँ। १५ वर्षको उमेरमा त नेपाल नम्बर १ नै भइसकेको थिएँ।’

त्यसो त सानोमा माथिल्लो स्तरमा पुग्नेखालको ‘गाइडेन्स’ उनले पाएका थिएनन्। तर उनीभित्र टेनिसप्रति भोक थियो।

‘म जे गर्न पनि तयार थिएँ’, अभिषेक सम्झन्छन्, ‘अहिले पनि पोखरा जाँदा म सानो छँदा टेनिस खेलिरहेको याद आउँछ। अहिले प्रोफेसनल वरीयता आउँदा हिजो अस्ति त्यहाँ खेलेजस्तो लाग्छ।’

टेनिसमा लगाव

टेनिसमा आउन सजिलो पक्कै छैन। आए पछि पनि धेरै कुरामा महारथ प्राप्त गर्नुपर्छ।

‘टेनिस सिक्न पनि समय लाग्छ। टेक्निकल पक्षमा सबै सकेपछि फिजिकल्ली फिट हुनुपर्‍यो। मेन्टल्ली बलियो हुनुपर्‍यो। बक्सिङ खेलेजस्तो अपोनेन्टसँग डाइरेक्ट कन्ट्याक्ट नभए पनि अपोनेन्टसँग ट्याकल गर्नुपर्‍यो’, उनले खेलको रणनीतिबारे खुलाए, ‘फोकस एकदमै लामो समयसम्म होल्ड गर्नुपर्छ। त्यसपछि त्यतिकै अनुभव चाहिन्छ। नेपालमा त्यसस्तरको प्रतियोगिता नै छैन।’

अभिषेकका बुवा आमालाई भने सुरुमा लाग्थ्यो : छोरा खेलमा लाग्नुभन्दा पढाइमा ध्यान दिए हुन्थ्यो। बुवा अनुप बास्तोला सुरुमा टेनिसमै मात्र लाग्न खोज्दा अभिलाई रोक्न कोसिस गरेको सम्झन्छन्।

‘एउटा खेलाडी तयार गर्नु भनेको कठिन कुरा हो। अन्तर्राष्ट्रिय खेलाडी तयार गर्न आर्थिक र भावनात्मक पक्ष गाह्रो छ’, अनुपले भने, ‘टेनिस नै खेल्छु भनेर ढिपी गरेपछि लगाएका हौं।’

अभिषेकलाई भने सानैबाट ‘प्रोफेनसल’ खेलाडी हुने सपना पलाइसकेको थियो।

‘बच्चा हुँदादेखि नै प्रोफेसनल खेल्छु भन्ने थियो। जब मैले इन्डोनेसियामा नेपालको प्रतिनिधित्व गर्दै खेलेँ, त्यसपछि मलाई लाग्यो म टेनिस व्यवसायिक रुपमा खेल्नेछु। त्यहाँबाट प्रोफेसनल खेलबारे 'हंगर' अझ बढेर गयो,’ उनले भने।

फोटो सौजन्य : Roger Padayao


उनले खेल्ने ढिपी गरिरहे र आफूलाई सही सावित गर्दै लगे पनि। अझ थाइल्याण्डमा ट्रेनिङका लागि जाँदा उनकी आमालाई नराम्रो लागेको अनुप सम्झन्छन्।

‘दिउँसोको चर्को घाम। दिनभरीमा टिसर्ट नै १०/१२ वटा पसिनाले भिज्छ, हुँदैन, भनेकी थिइन् उसकी आमाले। तर, उसले जिद्दी गरेपछि सपोर्ट गर्‍यौँ’, बुवा अनुपले भने, ‘यो महँगो शोख हो। अहिले उसले खेलेको देख्दा हामीलाई गौरव लाग्छ।’

छोरालाई खेलाडी बनाउन खर्च चाहिँ कति लाग्यो त?

‘यति नै खर्च भयो भन्नु भन्दा पनि नराम्रो लतमा लाग्नु भन्दा यो हबीमा लाग्नु राम्रो छ,’ अनुपले भने।

व्यावसायिक करियर

अन्तर्राष्ट्रिय टेनिस महासंघको वरीयतामा उनी १ हजार ९३० औँ स्थानमा छन्। यसभन्दा अघि उनी १ हजार ७९० मा पुगे पनि बिचमा प्रतियोगिता खेल्न नपाउँदा अहिले वरीयता खस्किएको छ।

यसबाटै थाहा हुन्छ, उनको अगाडिको चुनौती के हो?

प्रतियोगिता। मिलेसम्म धेरै प्रतियोगिता।

अभिषेकले उच्चस्तरको प्रतियोगितामा सहभागिता जनाएर जित निकाल्न सकेमात्र वरीयता जोगाउन सक्नेछन्। हालको वरीयता एकवर्ष सम्ममात्र कायम रहन्छ। यदि वरीयता अझै बढाउने हो भने उच्चस्तरको प्रतियोगितामा जित निकाल्नैपर्ने हुन्छ।

‘विश्व वरीयतामा आउन प्रोफेसनल टुर्नामेन्ट खेल्नुपर्ने हुन्छ। जुन पाउन असाध्यै कठिन छ। म चाहिँ अलि भाग्यमानी पनि रहेँ यस वर्ष। इजिप्टमा क्वालिफाइङमा वाइल्ड कार्ड पाएँ’, अभिषेकले भने, ‘इजिप्टमा नेपालीलाई अन अराइभल भिसा हुँदा थप सहज भयो। पहिलो चरणमा एटीपी १३०० (वरीयता)को रसियन खेलाडीलाई हराएँ। दोस्रो चरणमा चाइनिज ताइपेइका खेलाडीलाई हराएँ र विश्व वरीयतामा स्थान पाएँ।’

यसअघि उनको यात्रा नेपालबाट थाइल्याण्ड हुँदै अमेरिकासम्म पुगेको थियो। नेपालमा १५ वर्षको उमेरमा वरीयताको शीर्ष स्थानमा पुगेपछि थप अवसरको खोजीमा उनी थाइल्याण्ड पुगेका थिए। त्यसपछि छात्रवृत्तिमा उनी अमेरिका उडे। अमेरिकामा कलेजस्तरमा राम्रो प्रभाव छाडे।

‘अठार वर्षको हुँदा कलेज छात्रवृत्तिमा अमेरिका गएको थिएँ। कलेज टेनिस भनेको कलेजबाटै टेनिस खेल्ने कलेजले नै टुर गराउने हुन्थ्यो’, उनले सुनाए, ‘पाँच वर्ष जति मैले खेलेँ। क्यालिफोर्निया सेन्ट मेरिजबाट खेलेँ। उच्च स्तरमा खेलेको प्रदर्शनले टेनिस यात्रामा सहयोग गर्‍यो।’

उनको अब कलेज टेनिस सकियो। जुनियर पनि रहेनन्। विश्व वरीयतामा आएसँगै प्रोफेसनल यात्राका लागि ढोका खुलेको छ।

‘विश्वको १३०/४० सम्मको वरीयताको खेलाडीसँग खेलेको छु। यही वर्ष यूटीआर भन्नेमा खेलेको। यूएस ओपन खेलिसकेको खेलाडी हो उनीहरु’, अभिषेकले भने, ‘उनीहरुसँगको प्रतिस्पर्धा एकदमै क्लोज भएको थियो। त्यसखाले अनुभव पाउनु नै एउटा ठूलो कुरा हो। त्यसमा क्लोज म्याच हुँदा सक्छु भन्ने आँट हुन्छ।’

माथिल्लो स्तरमा पुग्दै गर्दा समस्याले भने उनलाई धेरै नै पछ्याइरहेका छन्। उनी प्रतिप्रश्न गर्छन् : नेपालमा प्रो खेलेको पहिलो खेलाडी हुँदा मैले गाइडेन्स लिन कसलाई सोध्ने?

विदेशी खेलाडीसँग सोध्नेदेखि लिएर अनलाइनबाट सिक्नुपरेको उनी बताउँछन्।

‘म फोकस्ड, डिसिप्लिन र हार्ड वर्किङ छु। अहिले म आँफैले ८/९ घण्टा सुत्ने देखि लिएर स्ट्रेचिङ, योगा, मेडिटेसन आफैँ गरिरहेको छु’, अभिषेकले भने, ‘प्रतियोगितामा खेल्न पाउनु नै ठूलो कुरा छ। मसँग केही लक्जरी छैन (कोच, फिजियो, डाइटिसियन) नेपालमा भन्दा धेरै महँगो छ बाहिर।’

तर प्रोफेसनल स्तरमा पुगेपछि भने अभिषेकलाई यसको दबाब बढेको हो। अब चाँडै उनी करियरकै लागि स्पेनमा जाँदैछन्।

फोटो सौजन्य : Roger Padayao


‘अहिले चाहिँ एउटा कोच हायर गर्ने प्लान गरेको छु (स्पेन एकेडेमीमा) यसले चाहिँ मलाई फाइदा दिनेछ’, उनले योजना सुनाए।

वरीयता सुधार्ने उनको लक्ष्य हुनेछ अबका दिनमा।

‘ग्र्याण्ड स्ल्याममा पुग्न प्रो भनेको सबै गेम कम्पिटेटिभ हुन्छ। यसका लागि खेल्ने अवसर चाहिन्छ’, अभिषेकले भने, ‘तीस/पैतीस प्रतियोगिता खेल्नु पर्‍यो। कोच चाहियो। मेन्टर चाहियो। सबैकुरा चाहियो। बाटो चाहिँ एकदमै कठिन छ।’

नेपाली पासपोर्टमा चुनौती

टेनिस ‘इन्डिभिजुअल स्पोर्ट्स’ भएकाले प्रतियोगिता खेल्न विभिन्न देश जान भिसाकै समस्या हुने अभिषेकको अनुभव छ। होटल, फ्लाइट, कोचहरुको खर्च गर्दा चुनौतीमाथि चुनौतीको चाङ।

‘मलाई अहिले चाहिएको भनेको आर्थिक सहयोग हो। बिग हाउसले स्पोन्सरसिप गर्ने हो भने हुन्थ्यो,’ उनले भने।

सहयोग मिल्ने हो भने अघि बढ्न सहज हुने उनको ठम्याइ छ। राम्रो ट्रेनिङ पाएर प्रतियोगितामा प्रतिस्पर्धामा गर्दा आत्मविश्वास नै फरक हुनु स्वभाविक हो।

‘टेनिस एकदमै महँगो छ। पछिल्ला वर्ष टेनिस कोचिङ गरेर चलिरहेको थियो। अरु स्पोन्सरसिप भयो भने सहयोग मिल्नेछ। आर्थिक हिसाबमा संघबाट त्यस्तो सपोर्ट छैन,’ उनले भने।

तर यसमा चुनौतीमा पहिलो कदम भनेको नेपाली पासपोर्ट नै भएको उनको तर्क छ। नेपालको पासपोर्टमा भिसा लगाएर प्रतियोगिताका लागि पुग्न अन्य देशको तुलनामा कठिन हुने गरेको बास्तोलाको तीतो अनुभव छ।

संघको भूमिका के?

टेनिस संघका उपाध्यक्ष विनोद कायस्थ भने भिसा लगायतका प्रक्रिया पूरा गर्न आफ्नो स्थानबाट सक्ने सहजीकरणको प्रयास गरिरहेको बताउँछन्। संघ भने आफैँ आर्थिक रुपमा कमजोर भएपनि समन्वयको काम गरिरहेको कायस्थ बताउँछन्।

‘संघले बाहिर खेल्न पठाउने भन्ने कुरा आईटीएफको कार्यक्रम हुन्छ। हामीले पठाएको पनि हो। त्यतिबेला समन्वय गरेर पठाएको हो’, उनले भने, ‘ठूलो आर्थिक सहयोगका लागि संघ आफै सक्षम छैन। तर उसले ढोका खुलाएको छ। यो विषयमा संघबाट पनि केही सकारात्मक कुरा चलिरहेको छ।’

एसियन कप नजिकिँदै गरे पनि नेपालबाट यसमा सहभागिताको अवसर मिल्ने सम्भावना न्यून छ। यद्यपि, आफूहरुले पहल गरिरहेको बताउँदै अर्को महत्वपूर्ण प्रतियोगिताको पर्खाइमा रहेको उनले बताए।

एसियन गेम्समा सहभागी हुने लिस्टमा नभए पनि संघले अन्य प्रतियोगिताका लागि सहजीकरणको तयारी गरेको बताउँछन् कायस्थ।

‘डेनिस कप भन्ने २३ तारिखबाट छनोट सुरु हुँदैछ। यो प्रतियोगिता बहराइनमा हुनेछ,’ कायस्थले भने।

अभिषेकको अबको लक्ष्य

अभिषेकको सपना भनेको ग्राण्डस्लाम खेल्ने छ।

‘वरीयतामा यो वर्ष हजार भित्र आउने लक्ष्य छ। अर्को वर्ष वरीयता माथि लग्न सके ओलम्पिकमा अवसर मिल्छ। तीन चार वर्ष भित्र ओपन टुर्नामेन्ट खेल्ने तयारी छ,’ उनले सुनाए।

उनले खेलेका प्रतियोगिताहरुको फेहरिस्त लामो छ। जसमध्ये सन् २०१८ मा इन्डोनेसियामा भएको एसियन गेम्स, भारतको गुवाहटीमा सम्पन्न १२औँ दक्षिण एसियाली खेलकुद, इजिप्टमा भएको प्रो सर्किटलगायतको प्रतियोगितालाई उनी महत्वपूर्ण मान्छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell