PahiloPost

Sep 12, 2025 | २७ भदौ २०८२

पाल्पामा घाँस काट्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु



पहिलोपोस्ट

पाल्पामा घाँस काट्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

बुटवल : पाल्पामा घाँस काट्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा रामपुर नगरपालिका-५ भम्बकका ३४ वर्षीय गोविन्द कुमाल रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए।

उनका अनुसार मंगलवार बिहान घर नजिकैको बारीमा रहेको काब्रोको रुखमा चढी घाँस काट्ने क्रममा कुमाललाई करेन्ट लागेको हो। घाँसको डाला नजिकै रहेको बिजुलीको नांगो तारमा अड्किएपछि सोही डाला तान्ने क्रममा करेन्ट लागेर कुमाल गम्भीर घाइते भएका थिए।

उनलाई तत्कालै रामपुर अस्पताल लगिएकोमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायव उपरीक्षक थापाले बताए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell