गाजापट्टीमा इजरायलले हवाई आक्रमण गरेको छ। अलजजिराका अनुसार सो 'एयर रेड'का कारण १२ जना मारिएका छन्। इजरायलले सो आक्रमण प्यालेस्टाइनको इस्लामिक जिहाद मुभमेन्टप्रति लक्षित रहेको जनाएको छ।
स्थानीय समय अनुसार बिहान २ बजेकै आवासीय क्षेत्रमा हवाई आक्रमण भएको हो। इजरायलको आक्रमणका कारण घाइते हुनेको संख्या २० जना भन्दा माथि रहेको प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयले जनाएको। मारिने १२ जनामा इस्लामिक जिहादका तीनजना कमान्डर रहेको र बाँकी भने उनीहरुका श्रीमती र सन्तान रहेको बताइएको छ। आक्रमणमा केही सर्वसाधारणको पनि मृत्यु भएको र घाइते सबैजना पनि आम सर्वसाधारण नै थिए।
इजरायली सेनाले 'अपरेशन शिल्ड एन्ड एरो' नाम दिएको यो आक्रमण मारिने तीनजना नेता प्रति नै लक्षित थियो। तीन नेताहरुले इजरायलमा रकेट आक्रमण गरेको सेनाको दाबी छ।