PahiloPost

Jan 13, 2025 | २९ पुष २०८१

जेठ ५ गतेबाट रिलिज हुँदैछ ‘डाकिनी’, नोर्बुले 'मास्टरक्लास' दिने



पहिलोपोस्ट

जेठ ५ गतेबाट रिलिज हुँदैछ ‘डाकिनी’, नोर्बुले 'मास्टरक्लास' दिने

काठमाडौं : खिन्से नोर्बु (जोङसार खिन्से रिम्पोछे) को लेखन र निर्देशन रहेको फिल्म ‘डाकिनी’ नेपालमा प्रदर्शन हुने भएको छ। ‘लुकिङ फर अ लेडी विथ फ्याग्स एण्ड मुस्टाच’ को नाममा विभिन्न फेस्टिभलमा प्रदर्शन भइसकेको यस फिल्मलाई निर्माता कम्पनी षट्कोण आर्टस्ले जेठ ५ गतेबाट हलमा रिलिज गर्न लागेको हो।

षट्कोण आर्ट्सका नेपाली निर्माताहरु रविन्द्रसिंह बानियाँ र म्याक्स दिपेश खत्रीले फिल्मलाई सीमित नेपाली मल्टिप्लेक्स हलमा रिलिज गर्न लागेका हुन्।

यस फिल्मका निर्देशक नोर्बु बौद्ध धर्मका गुरु समेत हुन्। रिलिजको पूर्वसन्ध्यामा रिम्पोछे अमेरिकादेखि नेपाल आउने बताइएको छ। रिम्पोछेले पर्यटन बोर्डमा ‘ब्यूटी इज अ ट्रयाप’ विषयमा मास्टरक्लास दिनेछन्।

यस फिल्मको छायाङ्कन पनौती र पाटनमा गरिएको थियो। फिल्ममा ६० प्रतिशत तिब्बती र ४० प्रतिशत नेपाली भाषाको प्रयोग गरिएको छ। फिल्मको मुख्य भूमिकामा भियतनामका छिरिङ तासी र अमेरिकाबाट आएकी तेन्जिङ कुन्सेलले अभिनय गरेका छन्। भारतमा जन्मिएका यी दुबै तिब्बती मूलका हुन्। त्यसैगरि, फिल्ममा कार्म, दिव्यदेव, रविन्द्रसिंह बानियाँ लगायतका नेपाली कलाकारले समेत अभिनय छ।

निर्देशक रिम्पोछेको यो पाँचौं फिल्म हो। सन् १९९९ मा उनले निर्देशन गरेको पहिलो फिल्म ‘द कप’ कान्स फिल्म फेस्टिभलमा प्रदर्शन भएको थियो। तिब्बती मूलका यी भुटानी रिम्पोछेले बौद्धको एक गुम्बामा पढेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell