A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__contentmodelsTerm.php.6997d0bea4a799.81328922): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__contentmodelsTerm.php.6997d0bea4a799.81328922,application/models/proxies/__CG__contentmodelsTerm.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

रेड स्क्वायरमा 'विजयी दिवस'को उत्सव, पुटिनले भने : पश्चिमा राष्ट्रले हाम्रो देशको पतन चाहेका छन्
PahiloPost

Feb 20, 2026 | ८ फागुन २०८२

रेड स्क्वायरमा 'विजयी दिवस'को उत्सव, पुटिनले भने : पश्चिमा राष्ट्रले हाम्रो देशको पतन चाहेका छन्



पहिलोपोस्ट

रेड स्क्वायरमा 'विजयी दिवस'को उत्सव, पुटिनले भने : पश्चिमा राष्ट्रले हाम्रो देशको पतन चाहेका छन्
Photo : BBC

रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनले मातृभूमिप्रतिको माया सबैभन्दा बलियो हुने बताएका छन्। 'भिक्टोरी डे' (विजयी दिवस) मनाइरहेको रसियाको रेड स्क्वायरमा सम्बोधन गर्दै पुटिनले आफूहरुले शान्तिपूर्ण भविष्य देखिरहेको बताएका छन्।

'वास्तविक युद्ध हाम्रो मातृभूमि विरुद्ध छेडिएको छ। मातृभूमिप्रतिको हाम्रो मायाभन्दा बलियो कुनै शक्ति संसारमा छैन,' उनले भने।

पुटिनले पश्चिमा राष्ट्रहरुलाई निशाना बनाउँदै उनीहरुले रसियाको पतन चाहेको आरोप लगाएका छन्। 'उनीहरुको उद्देश्य अरु केही होइन। उनीहरु हाम्रो देश पतन भएको देख्न चाहन्छन्,' उनले भने।

उनले युक्रेनसँगको युद्धमा लडिरहेका सैनिकहरुप्रति सबैको प्रार्थना रहेको बताएका छन्।

'हाम्रो मातृभूमिको भाग्यको फैसला गर्ने लडाइँहरू सधैं राष्ट्रिय र पवित्र भएका छन्,' उनले सम्बोधन गर्दै भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell