PahiloPost

Jun 15, 2026 | १ असार २०८३

बलिउड र राजनीतिको मिलन : चर्चामा परिणिती र राघवको जोडी



पहिलोपोस्ट

बलिउड र राजनीतिको मिलन : चर्चामा परिणिती र राघवको जोडी

अहिले भारतमा एक जोडीको निकै चर्चा छ। बलिउड र भारतीय राजनीतिमा यो जोडीको चर्चा निकै छ।

बलिउड अभिनेत्री परिणिती चोपडा र भारतको आम आदमी पार्टीका नेता राघव चड्डाबिच विवाह हुने हल्ला यतिखेर चलेको छ। भारतीय संचारमाध्यमहरुका अनुसार आउने शनिवार (मे १३) मा उनीहरुले दिल्लीमा 'इन्गेजमेन्ट' गर्ने तय भएको छ।

पछिल्लोसमय राज्यसभा सदस्यसमेत रहेका चड्डा र परिणितीको तस्विरहरु सामाजिक संजालमा भाइरल भइरहेका छन्। सँगै क्रिकेट हेर्न गएको देखि डिनरमा गएका तस्विरहरु सार्वजनिक भएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell