PahiloPost

Jun 15, 2026 | १ असार २०८३

रावण बनेर सैफ अलीद्वारा सीताहरण, 'आदिपुरुष' को ट्रेलर सार्वजनिक



पहिलोपोस्ट

रावण बनेर सैफ अलीद्वारा सीताहरण, 'आदिपुरुष' को ट्रेलर सार्वजनिक

दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’ को ट्रेलर सार्वजनिक भएको छ। प्रभास र कृति सेननको मुख्य भूमिका रहेको यो फिल्म राम र सीताको कथामा आधारित छ।

सैफ अली खानलाई फिल्ममा रावणको भूमिकामा देखिनेछन्। पौराणिक कथामा आधारित यो फिल्म मा करिब ५०० करोड रुपैयाँ लगानी रहेको निर्माण पक्षले जनाएको छ। ओम राउत निर्देशित यो फिल्म टी-सीरीज र रेट्रोफाइल्स प्रोडक्सनले बनाएको हो। यो फिल्म थ्रिडी प्रविधिबाट निर्माण गरिएको जनाइएको छ।

यस फिल्मलाई बलिउडकै धेरै भीएफएक्स भएको फिल्मको रुपमा दाबीसमेत गरिएको छ। यो फिल्म आगामी १६ जुनमा प्रदर्शन हुँदैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell