PahiloPost

Sep 12, 2025 | २७ भदौ २०८२

ललितपुरमा रहेको टोपबहादुर रायमाझीको घरमा पुग्यो प्रहरी



पहिलोपोस्ट

ललितपुरमा रहेको टोपबहादुर रायमाझीको घरमा पुग्यो प्रहरी

काठमाडौं : प्रहरीको खोजी सूचीमा रहेका नेकपा एमालेका सचिव एवम् पूर्वउप्रधानमन्त्री टोपबहादुर रायमाझीको घरमा प्रहरीले छापा मारेको छ।

६ दिनदेखि खोज्दा पनि उनी नभेटिए पछि जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले आज ललितपुरस्थित सातदोवाटोमा रहेको रायमाझीको घरमा छापा मारेको हो। तर, प्रहरीले रायमाझीको बारेमा खासै जानकारी पाउने सकेन।

'उहाँको बारेमा जानकारी लिनको लागि गएका थियौं। तर अहिलेसम्म खासै केही भेटिएन,' एक प्रहरीले भने। अहिले पनि प्रहरीले घरमा छापा मारिरहेको छ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले बैशाख २० गते रायमाझीविरुद्ध पक्राउ पूर्जी पाएको थियो। यही प्रकरणमा भने उनका छोरो सन्दीप रायमाझी सोही दिन बुटवलबाट पक्राउ परेका थिए। तर, टोपबहादुर भने हालसम्म फरार रहेका छन्।

शरणार्थी प्रकरणमा रायमाझीका छोरा सन्दीपको नामा डेढ करोडको तीनवटा चेक भेटिएको छ। अमेरिका लैजाने भन्दै ठगी गिरोहले एक अर्बभन्दाबढी रकम ठगी गरेको खुलेको पछि 'हाइप्रोफाइल'को संलग्नता खुलेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell