PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

सयौं प्रहरीको घेराबन्दीमा इमरान खान पक्राउ, पीटीआइले 'अपहरण'को संज्ञा दिँदै घोषणा गर्‍यो आन्दोलन



पहिलोपोस्ट

सयौं प्रहरीको घेराबन्दीमा इमरान खान पक्राउ, पीटीआइले 'अपहरण'को संज्ञा दिँदै घोषणा गर्‍यो आन्दोलन
Photo : Reuters

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान पक्राउ परेका छन्। इस्लामावाद उच्च अदालतमा सुनुवाइको लागि उपस्थित भएका खानलाई अदालत परिसरबाटै पाकिस्तानी रेन्जर्सले हिरासतमा लिएको डन डट कमले उल्लेख गरेको छ।

खान अध्यक्ष रहेको दल पीटीआइले भने उनलाई नियन्तत्रणमा लिनुलाई 'अपहरण'को संज्ञा दिएको छ।

पीटीआइका वकिल फइसाल चौधरीले भने इमरानलाई पक्राउ गर्नुको कारणबारे अदालतले प्रहरीसँग सोधेको जनाएको छ। उनका अनुसार उच्च अदालतका प्रमुख न्यायाधीश आमेर फारुकले इस्लामावाद प्रहरी प्रमुख, गृह सचिव र महान्यायाधिवक्तालाई अदालतमा उपस्थित हुन निर्देशन दिएका छन्। यदि इस्लामावाद प्रहरी प्रमुख अदालतमा उपस्थित नभए प्रधानमन्त्रीलाई नै अदालत बोलाउने उच्च अदालतका प्रमुख न्यायाधीशले बताएका छन्।

‘अदालतमा आएर भन्नुहोस् इमरान किन र कुन मुद्दामा पक्राउ परे,’ प्रमुख न्यायाधीश फारुकले भने।

इमरान खान अदालतको गेटबाट भित्र छिरेपछि उनीसँगै पारामिलिटरी फोर्स र सशस्त्र प्रहरीहरु पनि ठूलो संख्यामा प्रवेश गरेका थिए। खानलाई गिरफ्तार गरेर लैजानु अघि अदालतको गेट कडा सुरक्षा दिइएको थियो। खानमाथि प्रधानमन्त्री हुँदा राज्यलाई प्राप्त उपहार बिक्री गरेको आरोप लगाइएको छ। खानले भने आफूमाथिको आरोप राजनीतिबाट प्रभावित भएको बताएका छन्।

इस्लामावाद प्रहरीले इन्स्पेक्टर जनरल (आईजी) अकबर नासिर खानलाई उदृत गर्दै एक विज्ञप्तिमार्फत बहरिया शहरले पीटीआई अध्यक्ष र उनको श्रीमतीको स्वामित्वमा रहेको अल-कादिर ट्रस्टलाई ५३ करोडको जग्गा दिएको आरोपमा इमरानलाई पक्राउ गरिएको बताएको छ। प्रहरी प्रमुखले इस्लामावादको अवस्था ‘सामान्य’ रहेको बताउँदै शहरमा धारा १४४ लागू गरिएको र उल्लङ्घन गर्नेहरूविरुद्ध कारबाही गरिने बताएका छन्।

यता, पीटीआईले खानलाई नियन्त्रणमा लिएको भिडियो सार्वजनिक गर्दै आन्दोलनको घोषणा गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell