PahiloPost

Jan 13, 2025 | २९ पुष २०८१

जंगलमा लागेको डढेलो बस्तीमा पसेपछि जलेर ५ जना घाइते



पहिलोपोस्ट

जंगलमा लागेको डढेलो बस्तीमा पसेपछि जलेर ५ जना घाइते

बुटवल : अर्घाखाँचीमा जंगलमा लागेको डढेलो बस्तीमा पसेपछि जलेर ५ जना घाइते भएका छन्। भूमिकास्थान नगरपालिका वडा नम्बर २ तिरतिरे खोला किनारको जंगलमा मंगलबार बिहानदेखि लागेको डढेलो बस्तीमा पसेको हो।

जंगलबाट लागेको डढेलो स्थानीय पदम बेलबासेको घरमा सल्किएको थियो। सोही घरमा सल्किएको आगो निभाउने क्रममा घरधनी ५५ वर्षीय पदम बेलबासेसँगै उनका ४ जना छिमेकी घाइते भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले जानकारी दिए।

घाइते हुनेहरुमा ३६ वर्षीय माधव बेलबासे, २६ वर्षीय अस्मिता बेलबासे, ५२ वर्षीय घनश्याम बेलबासे र ७२ वर्षीय पिताम्बर बेलबासे रहेका छन्। आगलागीमा परेका पाँचै जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

घाइते भएका सबैलाई थप उपचारको लागि पाल्पास्थित युनाइटेड मिसन अस्पतालमा रिफर गरिएको प्रहरी नायब उपरीक्षक रिजालले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell