PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएपछि राजमार्ग अवरुद्ध गरेर प्रदर्शन



पहिलोपोस्ट

टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएपछि राजमार्ग अवरुद्ध गरेर प्रदर्शन

बुटवल : पाल्पामा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएपछि आक्रोशित आफन्तले सिद्धार्थ राजमार्ग अवरुद्ध पारेका छन्। मृतकका परिवारलाई क्षतिपूर्ति तथा दोषीलाई कारवाहीको माग गर्दै मंगलबार दिउँसोदेखि तिनाउ गाउँपालिका-३, झुम्सामा राजमार्ग अवरुद्ध गरिएको हो।

सोमबार तिनाउ गाउँपालिका-३, झुम्सामा टिपरले ठक्कर दिँदा मोटरसाइकल चालक गुल्मीको छत्रकोट गाउँपालिका–३, हर्दिनेटाका ३२ वर्षीय जीवन पन्तको मृत्यु भएको थियो। बुटवलबाट पाल्पातर्फ जाँदै गरेको लु १ क २६१४ नम्बरको टिपरले विपरित दिशाबाट आउँदै गरेको लु ४४ प ५८०५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा पन्त घाइते भएका थिए। घाइते भएका उनको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक बीरन्द्र थापाले बताए। 

टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ  राजमार्ग अवरुद्ध हुँदा गन्तव्यमा हिँडेका सयौँ यात्रु अलपत्र परेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell