PahiloPost

May 24, 2026 | १० जेठ २०८३

श्रीसियाबासीको मुआब्जाका लागि सरकारले दियो ५० करोड, आन्दोलन फिर्ता



पहिलोपोस्ट

श्रीसियाबासीको मुआब्जाका लागि सरकारले दियो ५० करोड, आन्दोलन फिर्ता

वैशाखः श्रीसिया सुक्खा बन्दरगाह भन्सार कार्यालय वीरगंज अगाडि गरिँदै आएको धर्ना मंगलबारदेखि स्थागित भएको छ। मुआब्जा पीडित संघर्ष समिति र भन्सार कार्यालय वीरगंजबीच चार बुँदे सहमति भएसँगै आन्दोलन फिर्ता भएको हो।

सहमति अनुसार हाल सरकारले पठाएको ५० करोड रकमलाई प्रथमिकताको अधारमा वितरण गर्ने, सबै रकम निकासाका लागि पहल गर्नेलगायत छन्।

संघर्ष समितिको सुझाव अनुसार रकम वितरण गर्न जिल्ला प्रशासन कार्यालय पर्सासँग समन्वय गर्ने र बाँकी रकम भदौ महिनाभित्र पाउनेगरी पहल गर्ने सहमतिमा उल्खेख छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell