PahiloPost

Jan 13, 2025 | २९ पुष २०८१

यौन दुर्व्यवहार मुद्दामा पूर्व अमेरिकी राष्ट्रपति ट्रम्प दोषी ठहर



पहिलोपोस्ट

यौन दुर्व्यवहार मुद्दामा पूर्व अमेरिकी राष्ट्रपति ट्रम्प दोषी ठहर
File Photo: Spencer Platt/Getty Images

पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यौन दुर्व्यवहार मुद्दामा दोषी ठहर भएका छन्। सन् १९९० को दशकमा न्यूयोर्कको डिपार्टमेन्ट स्टोरमा ट्रम्पले एक म्यागाजिनका स्तम्भकारलाई यौन दुर्व्यवहार गरेको सिभिल मुद्दाका ‘जुरी’ले ठहर गरेका छन्

तर बर्गडोर्फ गुडम्यानको ड्रेसिङ रुममा ई जीन क्यारोलमाथि जबरजस्ती करणी गरेको मुद्दामा ट्रम्प जिम्मेवार नभएको ‘जुरी’को ठहर छ। लेखकको आरोपलाई ‘होक्स र झूट’ भनेर ट्रम्पले मानहानि गरेको पनि ‘जुरी’ले ठहर गरेको छ।

यौन उत्पीडन मुद्दामा ट्रम्प कानुनी रूपमा दोषी पाइएको यो पहिलो पटक हो। म्यानह्याटनको ‘जुरी’ले ट्रम्पलाई करिब ५ मिलियन डलर क्षतिपूर्ति तिर्न आदेश दिएको छ।

ई. जीन क्यारोल जुरीले डोनाल्ड ट्रम्पलाई दोषी ठहर गरेपछि म्यानह्याट्टन अदालतबाट बाहिरिँदै। फोटो : Spencer Platt/Getty Images


छ जना पुरुष र तीन महिलाको ‘जुरी’ मंगलवार तीन घण्टाभन्दा कम समयको छलफलपछि आफ्नो निर्णयमा पुगेको हो।

‘आज, अन्ततः संसारलाई सत्य थाहा भएको छ’, क्यारोलले फैसलापछि विज्ञप्तिमार्फत भनेकी छिन्, ‘यो जित मेरो मात्र होइन, विश्वास नगरिएका कारणले दुःख भोग्ने हरेक महिलाको लागि हो।’

यो मुद्दा फौजदारीको सट्टा सिभिल कोर्टमा भएकाले ट्रम्पलाई यौन अपराधीको रूपमा दर्ता गरिने छैन। क्यारोलको आरोप अस्वीकार गरेका पूर्व राष्ट्रपति ट्रम्प म्यानह्याट्टन संघीय अदालतमा दुई हप्ताको सिभिल ट्रायलमा उपस्थित भएका थिएनन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell