यूईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति सम्पन्न सेमिफाइनलको पहिलो लेगको खेलमा म्यानचेस्टर सिटी र रियल मड्रिड बराबरीमा रोकिएका छन्। स्पेनको मड्रिडस्थित सान्टिआगो बर्नेबेउमा सम्पन्न खेलमा अग्रता जोगाउन नसक्दा घरेलु टोली मड्रिड इङ्ग्लिस क्लब सिटीसँग १-१ गोलको बराबरीमा रोकिएको हो।
खेलको ३६ औँ मिनेटमा घरेलुले भिनिसियस जुनियरको गोलमा अग्रता बनाएको थियो। तर, दोस्रो हाफमा सिटी खेलमा फर्कन सफल भयो। इल्के गुण्डोगनको पासमा केभिन डी ब्रुइनाले ६७ औँ मिनेटमा गोल फर्काउँदा खेल १-१ गोलको बराबरीमा रोकिएको हो।
सेमिफाइनलको दोस्रो लिगमा अर्को हप्ताको बुधवार राति यी दुई टोलीले सिटीको घरेलु मैदान इतिहाद स्टेडियममा आमनेसामने हुनेछन्। विजेता टोलीले फाइनल इन्टर र एसी मिलानमध्येको विजेतासँग प्रतिस्पर्धा गर्नछन्।