PahiloPost

Jan 2, 2025 | १८ पुष २०८१

मुगु हिम पहिरो अपडेट : १० फिट हिउँ जमेकाले बेपत्ता भएकाहरुको खोजीमा समस्या



रासस

मुगु हिम पहिरो अपडेट : १० फिट हिउँ जमेकाले बेपत्ता भएकाहरुको खोजीमा समस्या
प्रतीकात्मक फाइल फोटो।

मुगु : अत्यधिक हिमपातका कारण मुगुम कार्मारोङ गाउँपालिका-१ र २ मा पर्ने च्याँखुलेकमा हिम पहिरोमा परी बेपत्ता भएका तीन जनाको खोजी गर्न समस्या भएको छ। सो क्षेत्रमा १० फिटभन्दा बढी हिउँ जमेकाले उनीहरुको खोजी हुन सकेको छैन।

यही बैशाख २२ गते च्याँखुलेकमा हिम पहिरोमा परी यार्सागुम्बा सङ्कलन गर्न गएका जुम्लाको पातारासी गाउँपालिका-२ तल्फीगाउँका ४० वर्षीय तारासिंह सार्की (४०), ३५ वर्षीय पुन्न सार्की र ३५ वर्षीय बीर बोहोरा बेपत्ता भएका थिए। उनीहरुको खोजीमा मंगलवारदेखि सुरक्षाकर्मी लागिपरे पनि बाक्लो हिउँ जमेकाले समस्या भएको प्रहरी नायब उपरीक्षक मोहन बहादुर बस्नेतले जानकारी दिए।

नेपाली सेनाको हेलिकोप्टरमार्फत बैशाख २४ गते बेपत्ताको खोजीका लागि सुरक्षाकर्मीसहित २३ जनालाई घटनास्थलमा पठाएको थियो। सुरक्षाकर्मीले घटनास्थलभन्दा चार घण्टा तल बेँसीमा रहेको छापाखोलामा क्याप राखी बेपत्ताको खाजी गर्दै आएको छ।

घटनास्थलसम्म सुरक्षाकर्मी पुग्न भने सकिरहेको छैन। बुधवार पुनः उनीहरुको खोजी गरिने प्रहरी नायब उपरीक्षक बस्नेतले बताए।

‘डोरी र लठ्ठीको सहाराले बेपत्ताको खोजी भइरहेको छ, बाक्लो हिउँ छ, त्यसमाथि हिउँ लगातार परिरहेको छ,’ उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell