PahiloPost

Jan 13, 2025 | २९ पुष २०८१

नक्कली भुटानी शरणार्थी मुद्दा : सबैमाथि अनुसन्धान होस, त्यसपछि फिल्म हाउसफुल हुन्छ



पहिलोपोस्ट

नक्कली भुटानी शरणार्थी मुद्दा : सबैमाथि अनुसन्धान होस, त्यसपछि फिल्म हाउसफुल हुन्छ

काठमाडौं : नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहमाथि अहिले प्रहरीले धरपकड तिब्र बनाएको छ। आजै नेपाली कांग्रेसका नेतासमेत रहेका पूर्व गृहमन्त्री बालकृष्ण खाण यही मुद्दामा पक्राउ परे।

प्रि बजेटबारे छलफलका लागि बोलाइएको प्रतिनिधिसभा बैठकमा पनि आज यही मुद्दाको चर्चा छ। सांसदहरुले अनुसन्धानमा कुनै कमी हन नहुने बताइरहेका छन्। यसबिच नेपाली कांग्रेसका महामन्त्री गगन थापाले यस मुद्दामा संलग्न जो कोही भए पनि कारवाहीको दायरामा ल्याउनुपर्ने माग गरेका छन्।

प्रतिनिधिसभामा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिले ट्रेलरमात्रै आएको भन्दै दिएको अभिव्यक्ति र नेकपा एमालेका सांसदहरुले फिल्म देखाउन गरेको माग बारे पनि कुरा राखे। उनले यो अपराधमा संलग्न सबैमाथि अनुसन्धान गरेर फिल्च चलाए हाउसफूल हुने बताएका हुन्।

'संलग्न जो सुकैलाई कारवाही होस। दोषी छ भने नेता होस् कि नाता होस्, कोही नछुटुन्। सबैलाई अनुसन्धान होस। त्यसपछि फिल्म चल्छ। हाउसफुल हुन्छ,' उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell