PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

फरार रायमाझीबारे संसदमा एमालेले भन्यो : अनुसन्धानमा प्रहरीलाई सहयोग गुर्नस् भनेर निर्देशन दिएका छौं



पहिलोपोस्ट

फरार रायमाझीबारे संसदमा एमालेले भन्यो : अनुसन्धानमा प्रहरीलाई सहयोग गुर्नस् भनेर निर्देशन दिएका छौं

काठमाडौं : नक्कली भुटानी शरणार्थी मुद्दामा नेकपा एमालेले प्रहरीको खोजी सूचीमा रहेका टोपबहादुर रायमाझीलाई छानबिन गर्न निर्देशन दिएको जनाएको छ। आजको प्रतिनिधिसभा बैठकमा एमाले सांसद पृथ्वीसुब्बा गुरुङले हिजो बसेको सचिवालय बैठकले रायमाझीलाई छानबिनमा सहयोग गर्न निर्देशन दिएको जानकारी गराएका हुन्।

नक्कली भुटानी शरणार्थी मुद्दामा प्रहरीले एमाले सचिवसमेत रहेका रायमाझीविरुद्ध पक्राउ पूर्जी लिए पनि उनी फरार छन्। पार्टी अध्यक्ष केपी शर्मा ओली नै रायमाझीलाई बचाउन लागेको भनेर प्रचार हुन थाले पछि एमालेले रायमाझीलाई छानबिनमा सहयोग गर्न भनेको हो। एमालेले छानबिनमा सहयोग गर्न आफूहरु तयार रहेको बताएका छ।

'छानबिनमा तल माथि नहोस्। एमाले सहयोग गर्न तयार छ। टोपबहादुरलाई छानबिनमा सहयोग गर्नुस भनेर हाम्रो हिजोको सचिवालयको बैठकले निर्देशन गरेको छ,' उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell