PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

कांग्रेस नेता पक्रेपछि दबावमा एमाले : फरार टोपबहादुर पदबाट निलम्बित



पहिलोपोस्ट

कांग्रेस नेता पक्रेपछि दबावमा एमाले : फरार टोपबहादुर पदबाट निलम्बित

काठमाडौं : नक्कली शरणार्थी प्रकरणमा नेपाली कांग्रेसका नेता बालकृष्ण खाण पक्राउ परेपछि नेकपा एमालेलाई आफ्ना सचिव जोगाउन मुश्किल परेको छ। यसअघि प्रहरीको सम्पर्कमा आउन चाहेका एमाले सचिव टोपबहादुर रायमाझी अध्यक्ष केपी शर्मा ‌ओलीले प्रधानमन्त्रीलाई भेटेसँगै फरार भएका थिए।

रायमाझीलाई ओलीकै निर्देशनमा भारत पुर्‍याइएको आरोपसमेत लागेको अवस्थामा एमालेले सचिवालय बैठक राख्यो। मंगलवारको बैठकमा टोपबहादुरबारे कुरा उठेको बताए पनि सचिवालय बैठकपछि कुनै निर्णय सुनाइएन।

तर बुधवार एकाएक पूर्व गृहमन्त्रीसमेत रहेका कांग्रेस नेता खाण पक्राउ परे। खाण पक्राउ परेसँगै एमाले चौतर्फी दबावमा पर्‍यो। लगत्तै एमालेले रायमाझीलाई प्रहरीमा आत्मसमर्पण गर्न निर्देशन दिएको छ।

'हिजो बसेको केन्द्रीय सचिवालयको बैठकले गंभीरतापूर्वक लिंदै उहाँलाई अविलम्ब सम्बन्धित निकायमा उपस्थित भएर अनुसन्धानमा सहयोग गर्न निर्देशन गरेको थियो,' एमाले महासचिव शंकर पोखरेलले बुधवार दिउँसो जारी विज्ञप्तिमा भनिएको छ। यसैगरी एमालेले रायमाझीलाई अनुसन्धान र कानुनी कार्वाहीको प्रक्रियाको अन्तिम टुङ्गो नलागेसम्म पदबाट निलम्बन गरेकोसमेत विज्ञप्तिमा उल्लेख छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell