
काठमाडौं : इलन मस्कले ट्वीटरमा कल र इन्क्रिप्टेड म्यासेजिङको फिचर समावेश गर्ने घोषणा गरेका छन्। मस्कले गत वर्ष एन्क्रिप्टेड डाइरेक्ट म्यासेज (डीएम्स), लामो ट्वीटहरू र भुक्तानी गर्न मिल्ने सेवा सामेल हुने ‘ट्वीटर २.० द एभरीथिङ एप’को योजना सार्वजनिक गरेका थिए।
‘छिट्टै तपाईंले आफ्नो ट्वीटर ह्यान्डलबाट यस प्लाटफर्ममा जो कोहीसँग पनि भ्वाइस र भिडियो च्याट गर्न सक्नुहुनेछ। तपाईं संसारको जुनसुकै ठाउँमा मानिसहरूलाई आफ्नो फोन नम्बर नदिइ कुरा गर्न सक्नुहुन्छ,’ मस्कले मंगलबार ट्वीटर प्रयोगकर्तालाई सम्बोधन गर्दै भने।
ट्वीटरमा सामेल हुने कल फिचरले यस माइक्रो-ब्लगिबङ प्लाटफर्मलाई मेटाको सोसल मिडिया एप्स, फेसबुक र इन्स्टाग्राम जस्तै प्लाटफर्ममा परिणत गर्नेछ।
एन्क्रिप्टेड डाइरेक्ट म्यासेज समावेश भएको संस्करण बुधबारदेखि ट्वीटरमा उपलब्ध हुनेछ। यस बाहेक ट्वीटरले धेरै वर्षदेखि निष्क्रिय खाताहरू हटाउन र अभिलेख गर्ने प्रक्रिया सुरु गर्ने जनाइएको छ।