PahiloPost

Jul 26, 2026 | १० साउन २०८३

फरार टोपबहादुर रायमाझीले संसद्लाई पठाए पत्र, भने : म बिरामी छु



पहिलोपोस्ट

फरार टोपबहादुर रायमाझीले संसद्लाई पठाए पत्र, भने : म बिरामी छु
फाइल फोटो।

काठमाडौं : नेकपा (एमाले)का निलम्बित सचिव टोपबहादुर रायमाझीले संसद् सचिवालयलाई पत्र पठाएका छन्। आफू बिरामी भएर अस्पतालमा भर्ना भएको जानकारीसहितको पत्र रायमाझीले संसद्मा पठाएको संसद् सचिवालयका एक सदस्यले जानकारी दिए।

नक्कली भुटानी शरणार्थी प्रकरणमा तानिएका एमालेका सांसद समेत रहेका रायमाझीलाई आजै एमालेले पार्टी सचिवबाट निलम्बन गरेको छ। आफूविरुद्ध पक्राउ पूर्जी जारी भएपछि उनी गृहजिल्ला आर्घाखाँचीबाटै फरार भएका थिए।

रायमाझीले इमेलमार्फत संसद् सचिवालयलाई पत्र पठाएका हुन्। हालसम्म उक्त पत्र सचिवालयमा दर्ता नभएको सचिवालयका सदस्यले जानकारी दिए। रायमाझीले आफू बिरामी भएको भन्दै बिदा मागेको व्यहोराको पत्र पठाएका हुन्।

उक्त प्रकरणमा नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाण आजै पक्राउ परेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell