PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

पाँच घण्टासम्म प्रहरी कार्यालयमा पूर्वगृहमन्त्री खाणलाई 'केरकार', अदालतमा लैजाँदा भने प्रहरीको भ्यानमा

पाँच घण्टासम्म प्रहरी कार्यालयमा पूर्वगृहमन्त्री खाणलाई 'केरकार', अदालतमा लैजाँदा भने प्रहरीको भ्यानमा

सविन ढकाल/पहिलोपोस्ट


काठमाडौंः नेपाली कांग्रेसका नेता एवम् पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई काठमाडौं जिल्ला प्रहरी परिसरबाट निकालिएको छ।

आज बिहान ९ बजे चुच्चेपाटीबाट प्रहरीले उनलाई पक्राउ गरेर परिसरमा ल्याएको थियो।

प्रहरीले करिब चार घण्टा भन्दा बढी समय खाणसँग घटनाबारे सोधपुछ गरेको थियो। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले खाणसँग सोधपुछ गरेको हो। नक्कली शरणार्थी प्रकरणमा रकम बुझिएको बयान र केही प्रमाण समेत भेटिएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो।पूर्वगृहमन्त्री खाणलाई उनकै बा १७ च ३७३ नम्बरको गाडीमा राखेर प्रहरी कार्यालय पुर्‍याइएको थियो। स्कर्पियोमा ४/५ जना प्रहरी समेत राखेर उनलाई जिल्ला प्रहरी परिसर काठमाडौं ल्याएको थियो। अदालत ल्यैजादा भने प्रहरी भेनमा लगिएको हो। उनलाई स्वास्थ्य परीक्षणपछि अदालतमा हाजिर गराइने भएको हो।

त्यस्तै उनका स्वकीय सचिव नरेन्द्र केसीलाई पनि पक्राउ गरिएको छ। अहिले यस प्रकरणमा १२ जना समातिएका छन्।



ट्रेन्डिङ पोस्ट

Ncell