PahiloPost

May 24, 2026 | १० जेठ २०८३

बालकृष्ण खाण पक्राउ परेपछि गृहमन्त्रालय पुगे कांग्रेसका ३० जना नेता, मन्त्री श्रेष्ठको गरे प्रशंसा



पहिलोपोस्ट

बालकृष्ण खाण पक्राउ परेपछि गृहमन्त्रालय पुगे कांग्रेसका ३० जना नेता, मन्त्री श्रेष्ठको गरे प्रशंसा

काठमाडौं : नेपाली कांगेसका नेता एवम् पूर्वगृहमन्त्री खाण पक्राउ परेपछि कांग्रेसका नेताहरुले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर धन्यवाद दिएका छन्।

गृहमन्त्रालय पुगेर उनीहरुले श्रेष्ठलाई नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने कार्य राज्यविरुद्धको अपराध भएको बताएका थिए। उनीहरुले भ्रष्टाचार प्रकरणका नाइकेहरूको पहिचान र गिरफ्तारीमा उपप्रधानमन्त्रीसमेत रहेका नारायणकाजी श्रेष्ठले सफलता हासिल गरेको भन्दै प्रशंसा गरेका थिए।

नक्कली भुटानी शरणानर्थी प्रकरण निष्कर्षमा पुर्‍याउन समेत नेताहरूले श्रेष्ठलाई अनुरोध गरेका थिए। कांग्रेस नेताहरु गुरुराज घिमिरे, मधु आचार्य, रन्जित कर्ण, भुपेन्द्रजङ्ग शाही, नरेश यादव, डा. गोविन्द पोखरेल सहितका ३० भन्दा बढी कांग्रेस नेताहरू उपप्रधानमन्त्री श्रेष्ठलाई बधाई दिन पुगेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell