काठमाडौंः नक्कली शरणार्थी बनाउने कार्यमा संलग्नता देखिएपछि पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई जिल्ला प्रहरी परिसर काठमाडौंबाट जिल्ला सरकारी वकिलको कार्यालय पुर्याइएको छ।
परिसरमा करिब ५ घण्टाको सोधपुछपछि पूर्वमन्त्री खाणलाई बबरमहलस्थित काठमाडौं सरकारी वकिल कार्यालय लगिएको हो। परिसरबाट उनलाई प्रहरीको भ्यानमा लगिएको थियो।
सरकारी वकिल कार्यालयमा बयानपछि उनलाई म्याद थपको लागि जिल्ला अदालतमा उपस्थित गराइनेछ।
नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको अभियोगमा प्रहरीले बधबार बिहान चुच्चेपाटीबाट उनलाई पक्राउ गरेको थियो। यस प्रकरणमा सरकारका सचिवसहित १२ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ।