PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

बाँकेमा पेस्तोलसहित एकजना पक्राउ, साथमा भेटियो ''मेडइन युएसए' गोली



पहिलोपोस्ट

बाँकेमा पेस्तोलसहित एकजना पक्राउ, साथमा भेटियो ''मेडइन युएसए' गोली

काठमाडौं : बाँकेको नेपालगञ्जबाट प्रहरीले पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ।

नेपालगञ्जको धम्बोजी नजिक सुर्खेतरोडमा रहेको एउटा डान्स बारबाट निस्किँदै गर्दा बर्दिया बाँसगढी नगरपालिका-८ का २८ वर्षीय सुमन रिजाललाई गएराति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, बाँकेले जनाएको छ।

उनको साथबाट 'मेडइन युएसए' लेखिएको एक राउण्ड गोली समेत बरामत भएको छ। रिजाललाई हातहतियार तथा खरखजना मुद्दा चलाइने प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell