PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

के विषयमा भयो प्रचण्ड, देउवा र ओलीबिच सिंहदरबारमा छलफल?



पहिलोपोस्ट

के विषयमा भयो प्रचण्ड, देउवा र ओलीबिच सिंहदरबारमा छलफल?

काठमाडौं : प्रधानमन्त्री पुष्पमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच प्रधानमन्त्री कार्यालय सिंहदरबारमा छलफल भएको छ। पूर्व गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाण पक्राउ परेपछि उनीहरुबिच छलफल भएको छ।

यसअघि मंगलवार पनि तीन नेताबिच छलफल भएको थियो। आजको छलफलमा संसद प्रभावकारी बनाउने विषयमा छलफल भएको प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए। नेकपा एमालेका निलम्बित सचिव तथा सांसद टोपबहादुर रायमाझीलाई एमालेले आजमात्रै पदबाट निलम्बन गरेको छ। रायमाझी पक्राउ पूर्जी जारी भएयता फरार रहेका छन्। आजै संसद सचिवलयमा उनले आफू बिरामी भएको भन्दै इमेल गरेका थिए। 

तीन नेताबिच भेट भइरहेका बेला उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ पनि उक्त छलफलमा मिसिएका छन्। नक्कली भुटानी शरणार्थी प्रकरणबारे यसअघि एमालेका अध्यक्ष ओलीले श्रेष्ठलाई आफ्नै निवास बालकोटमा बोलाएर पनि मंगलवार छलफल गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell