काठमाडौं : नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं सांसद डा. आरजु राणा देउवाले साइबर ब्यूरोमा उजुरी दिएकी छिन्। नेपालीलाई भुटानी शरणार्थी बनाएको प्रकरणमा आफ्नो नाम जोडर आएको अडियोको सत्यतथ्य छानबिन गर्न माग गर्दै देउवाले साइबर ब्युरोमा उजुरी दिएकी हुन्।
'विभिन्न संचार माध्यामहरुमा सार्वजनिक गरिएको मेरो कुनै सरोकार र जानकारीने नभएको नक्कली भूटानी शरणार्थीका सम्बन्धमा मेरोसमेत नाम जोडी कुराकानी गरिएको अडियो रेकर्ड कहाँ, कसरी, कसले र के उद्देश्यले रेकर्ड गरेका हुन् उक्त अडियोका बारेमा अत्याधुनिक प्रविधि प्रयोग गरी सत्य तथ्य व्यहोरा तत्काल सार्वजनिक गर्दै दोषीमाथि कानुनअनुसार कडाभन्दा कडा कारबाही होस् भनी यो निवेदन पेश गरेको छु,' निवेदनमा आरजुले भनेकी छिन्।
यस प्रकरणमा कांग्रेस नेता बालकृष्ण खाण पक्राउ परेलगत्तै देउवा ब्यूरो पुगेकी हुन्। यसअघि खाण, खाणपत्नी मन्जु र आरजु यस प्रकरणमा संलग्न रहेको भन्दै अडियो सार्वजनिक भएको थियो। सार्वजनिक भएका अडियोहरुसमेत आरजुले ब्यूरोलाई निवेदनको साथमा बुझाएकी छिन्।