PahiloPost

Feb 20, 2026 | ८ फागुन २०८२

पूर्व गृहमन्त्री खाण चार दिनसम्म हिरासतमा बस्ने



पहिलोपोस्ट

पूर्व गृहमन्त्री खाण चार दिनसम्म हिरासतमा बस्ने

काठमाडौं : बुधबार बिहान पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई चारदिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ। आज जिल्ला अदालत काठमाडौंले खाणलाई चार दिन हिरासतमा राख्न अनुमति दिएको हो।

नक्कली भुटानी शरणनार्थी प्रकरणमा खाणलाई आज चुप्चेपाटीस्थित घरबाट प्रहरीले नियन्त्रणमा लिइएको हो। जिल्ला प्रहरी परिसर काठमाडौंमा खाणसँग पाँच घण्टासम्म सोधपुछ गरेको थियो।

यस प्रकरणमा प्रहरीले अहिलेसम्म १२ जनालाई पक्राउ गरिसकेको छ। बहालवाला सचिव टेकनारायण पाण्डे लगायत १२ जना अहिले हिरासतमा रहेका छन्। संगठित अपराधमा प्रहरीले म्याद थप गरेर अनुसन्धान गरिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell