PahiloPost

Sep 21, 2024 | ५ असोज २०८१

किसानलाई उत्पादनमा आकर्षित गर्न वाग्मतीमा ‘दूधजोन’ को माग



पहिलोपोस्ट

किसानलाई उत्पादनमा आकर्षित गर्न वाग्मतीमा ‘दूधजोन’ को माग

हेटौंडा : वाग्मती प्रदेशका दुग्ध सहकारीले दूध उत्पादनको अवस्थाबारे हेरेर ‘दूधजोन’ घोषणा गरि उत्पादन अभिवृद्धि कार्यक्रम ल्याउन सुझाव दिएका छन्। गाईभैंसी पाल्ने किसानलाई उत्पादनमा उकास्ने खालका कार्यक्रम ल्याउनेदेखि गोठमै पुगेर गाईवस्तुको उपचार गर्ने कार्यक्रम र खाद्यवस्तुको मूल्य निर्धारण गर्नसमेत उनीहरुको आग्रह छ।

प्रदेश दुग्ध विकास बोर्ड हेटौंडाद्वारा आगामी आर्थिक वर्ष २०८०-०८१ का लागि योजना तर्जुमा सम्बन्धि छलफलमा यस्तो सुझाव आएको हो। बुधबार कृषि तथा पशुपक्षी विकास मन्त्रालय वाग्मती प्रदेशअन्तर्गत प्रदेश दुग्ध विकास बोर्डले हेटौंडामा कार्यक्रम गरेको हो। सहभागी सहकारीका प्रतिनिधिले आगामी आर्थिक वर्ष २०८०-०८१ का लागि कृषिक्षेत्रमा किसानलाई उत्साहित बनाउने योजना ल्याउन आग्रह गरेका थिए।

हाल प्रदेशका सबै जिल्लाका गाईवस्तुमा देखिएका 'लम्पीस्किन'का कारण दूध उत्पादनमा करिब ८० प्रतिशत् ह्रास ल्याउनसक्ने भन्दै त्यसलाई रोक्न खोप ल्याउन आग्रह गरिएको थियो। कार्यक्रममा कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव शरणकुमार पाण्डेले दुग्ध सहकारीका प्रतिनिधिले उठाएका विषयवस्तुलाई मसिनोढंगबाट छलफल गरेर उत्पादन गर्ने कुरामा मन्त्रालयका तर्फबाट मुख्यमन्त्रीसँग छलफल गरिरहेको जानकारी दिए।

पाण्डेले प्रदेश सरकारले भौतिक भन्दा पनि कृषिक्षेत्रलाई प्राथमिकतामा राखेर नीति तथा योजना ल्याउन आग्रह गरेको बताए। उनले भौतिक विकाससँगै कृषि पनि उत्तिकै महत्वपूर्ण भएको हुँदा आगामी वर्षमा कृषिक्षेत्रलाई प्राथमिकतामा राखेर योजना ल्याउन पहल गरिरहेको बताए।

प्रदेश दुग्ध विकास बोर्ड हेटौंडाकी निमित्त निर्देशक डा. सञ्जिता ज्ञवालीले चालु आर्थिक वर्षमा गरेका कामहरुको प्रस्तुतिकरण गरेकी थिइन्। कार्यक्रममा प्रदेशका १३ वटै जिल्लाका दुग्ध सहकारी संस्थाका प्रतिनिधिको सहभागिता थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell