PahiloPost

Jun 15, 2026 | १ असार २०८३

एमाले केन्द्रीय कमिटीको चौथो बैठक आजबाट, १० वटा कार्यसूचीमा छलफल हुने



पहिलोपोस्ट

एमाले केन्द्रीय कमिटीको चौथो बैठक आजबाट, १० वटा कार्यसूचीमा छलफल हुने

काठमाडौं : नेकपा (एमाले) केन्द्रीय कमिटीको चौथो बैठक बिहीवार बस्दैछ। बैठक च्यासलस्थित केन्द्रीय कार्यालयमा बिहान १० बजेबाट सुरु हुने बताइएको छ।

तीन दिनसम्म चल्ने बैठकमा १० वटा कार्यसूचीमा छलफल भएर निर्णय हुने तय भएको छ। केन्द्रीय कमिटीमा ३३५ सदस्य, ४ जना केन्द्रीय निकायका अध्यक्ष र दुई गैरभौगोलिकसहित ९ जना प्रदेश कमिटी अध्यक्षहरु सहभागी हुने एमालेले बताएको छ।

बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, केन्द्रीय निकायहरुको प्रतिवेदन, मिसन ग्रासरुटको प्रतिवेदन, प्रदेशहरुको कार्ययोजना, केन्द्रीय सदस्यहरुको कार्यविभाजन, पार्टी प्रवेशीहरुको व्यवस्थापनलगायतका १० वटा कार्यसूची तय भएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell