PahiloPost

Mar 3, 2025 | १९ फागुन २०८१

बाजुराको बिछ्या केन्द्रविन्दु भएर भूकम्प



पहिलोपोस्ट

बाजुराको बिछ्या केन्द्रविन्दु भएर भूकम्प
फाइल फोटो।

काठमाडौं : बाजुराको बिछ्या केन्द्रविन्दु भएर भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बाजुराको बिछ्या केन्द्रविन्दु भएर बिहीवार बिहान ५ बजेर १५ मिनेट जाँदा ४ दशमलव ३ रेक्टरस्केलको भूकम्प गएको हो।

यसअघि बाजुराकै बिछ्या केन्द्रविन्दु भएर यही बैशाख २३ गते ४ दशमलव १ रेक्टरस्केलको भूकम्प गएको थियो। पछिल्लो समय नेपालको पूर्वी तथा पश्चिमी क्षेत्र केन्द्रविन्दु भएर भूकम्प जाने क्रम जारी छ।

नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रको रुपमा लिने गरिन्छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell