काठमाडौं : महेश त्रिपाठी र बिनिता थापामगरको मुख्य भूमिका रहेको फिल्म ‘हल्कारा’को बुधवार प्रिमियर भएको छ।
प्रिमियरमा सिनेमाकर्मीदेखि राजनीतिक दलका नेतासम्मको सहभागिता थियो।
फिल्ममा महेश र बिनिताका साथै उमेश तामाङ, पशुपति राई, स्व दीपक क्षेत्री, विद्या कार्की आदि कलाकारको अभिनय रहेको छ। विक्रम सापकोटाको लेखन, निर्देशन तथा सम्पादन रहेको यो फिल्म वैशाख २९ गतेबाट प्रदर्शन हुनेछ।