
भारतको अमृतसरस्थित स्वर्ण मन्दिर नजिकै विस्फोट भएको छ। गएको ६ दिनमा तेस्रोपटक विस्फोट भएको हो।
बुधवार राति भएको विस्फोटमा संलग्न भएको आरोपमा प्रहरीले पाँचजनालाई पक्राउ गरेको छ। पंजाब प्रहरीले मध्यम खालको विस्फोट भएको जनाएको छ।
यसअघि मे ६ र मे ८ मा पनि यहाँ विस्फोट भएको थियो। प्रहरीले विस्फोटका घटनाहरुबारेमा अनुसन्धान भइरहेको छ।