PahiloPost

Jun 29, 2025 | १५ असार २०८२

बालकृष्ण खाणबारे छलफल गर्न कांग्रेस पदाधिकारी बैठक बस्दै



रासस

बालकृष्ण खाणबारे छलफल गर्न कांग्रेस पदाधिकारी बैठक बस्दै
धुम्बाराहीस्थित कांग्रेस सभापति शेरबहादुर देउवाको निवास।

काठमाडौं : नेपाली कांग्रेसले समसामयिक राजनीतिक विषयमा छलफल गर्न पार्टीको पदाधिकारी बैठक बोलाएको छ।

पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बिहीवार दिउँसो २ बजे बस्ने बैठकमा समसामयिक राजनीतिक र पार्टी संगठनका विविध विषयमा छलफल हुने महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिए।

बैठकमा नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानका लागि प्रहरीले हिरासतमा लिएका पार्टीका केन्द्रीय सदस्य एवं पूर्व गृहमन्त्री बालकृष्ण खाणको बारेमा समेत छलफल हुने बुझिएको छ।

यस बाहेक पार्टीको आगामी केन्द्रीय समितिको बैठक तथा भातृ र शुभेच्छुक संस्थाका बारेमा समेत छलफल हुने महामन्त्री शर्माले बताए। कांग्रेस पदाधिकारी बैठक बुधवार पनि बसेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell